Thursday, January 3, 2013

आमाको उपचार गर्न कुमारित्व बेच्दै युवती

आमाको उपचार गर्न कुमारित्व बेच्दै युवती ब्राजिलकी २० वर्षीया युवती कैटरिन मिग्लोरिनीलै ७ लाख ८० हजार डलरमा आफ्नो कुमारित्व बेचेर चर्चा कमाएको धेरै भएको छैन । अब ब्राजिलकै अर्की १८ वर्षीया युवतीले आफ्नो कुमारित्व बेच्ने घोषणा गरेकी छिन् । फुटबलबाट परिचित ब्राजिलका रेबेका बर्नार्डोले आमाको उपचारका लागि रकम जुटाउन भन्दै कुमारित्व बेच्ने घोषणा गरेकी हुन् । उनले आफ्नो भर्जिनिटी लिलामीको भिडियो यू ट्युवमा राखेकी छिन् । कुमारित्व बेचेर आएको रकम ओछ्यानमा परेकी आमाको उपचारमा खर्च गर्ने उनी बताउँछिन् । स्ट्रोककी विरामी उनकी आमा ओछ्यान परेकी छिन् । आमाको उपचारका लागि चाहिने खर्च जुटाउन अपनाएको सबै विकल्प असफल भएपछि यस्तो निर्णयमा पुगको उनी बताउँछिन् । खर्च जुटाउन उनले के मात्र गरिनन् ? उनले एक होटलमा वेटरको काम पनि गरिन् तर, त्यहाँको कमाईले उपचार गर्न पुगेन । समाचारमा जनाइएअनुसार उनलाई अहिलेसम्म ५५ हजार डलरको अफर आएको छ । तर, उनी धेरै रकम चाहन्छिन् । सायद यसैलाई भन्छन- जन्म दिने आमाप्रतिको दायित्व !- एजेन्सीको सहयोग
http://www.youtube.com/watch?feature=player_embedded&v=G4Is3_cbX3I

No comments:

Post a Comment