Tuesday, January 8, 2013

एउटै फिल्ममा २ सय ६२ सेक्स !

बलिउड नायक अर्जुन रामपाल र नायिका चित्रांगदा सिंह अहिले चर्चमा छन् । उनीहरुको चर्चा भने सन् २०१३ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘इन्कार’का कारण भएको हो । बलिउड निर्देशक सुधीर मिश्राको निर्देशनमा बनेको फिल्म इन्कारमा २ सय ६२ पटक सेक्स शब्दको प्रयोग गरिएको जनाइएको छ । फिल्ममा कयौं दृष्य र संवाद अत्यधिक ‘बोल्ड’ रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । फिल्ममा अत्यधिक बोल्ड दृष्य भएका कारण त्यहाँको सेन्सर बोर्डले फिल्म काट्न सक्ने सम्भावना रहेको समेत जनाइएको छ । प्रकाश झाको निर्माणमा बनेको फिल्म इन्कारका निर्देशक सुधीर मिश्रालाई फिल्मको मूख्य कथा चोरेको आरोप समेत लागेको छ । मिश्रामाथी सन् २००४ मा बलिउडमा प्रदर्शनमा आएको फिल्म ‘ऐतराज’को कथा चोरेको आरोप लगाएको जनाइएको छ । तथापी इन्कारका अभिनेता अर्जुन रामपालले भने यस कुरालाई अस्वीकार गरेको बताइएको छ । अर्जुनका अनुसार फिल्म ‘इन्कार’ कार्यालयमा हुने यौन शोषणमा आधारित रहेको छ । फिल्ममा अर्जुनलाई नायिका चित्रांगदाको यौन शोषण गरिरहेको देखाइएको उल्लेख गरिएको छ ।

No comments:

Post a Comment