Monday, January 7, 2013

९० वर्षीय बृद्धाले १५ बर्षकी बालिकासंग बिबाह गरे !

दुबई, पुस २३, सउदी अरबका एक ९० बर्षीय बृद्ध व्यक्तिद्वारा धेरै रूपैयाँ सगुन दिएर १५ बर्षकी एक बालिकासंग उनको मन्जुरी बिना बिबाह गरेको भन्ने आरोपमा मानवाधिकार कार्यकर्ताहरू र सोशियल मीडियामा सक्रिय मानिसहरूले व्यापक आलोचना गरेका छन् ।

अल-अरबियाको एक समाचार अनुसार डराएकी ती बालिकाले वृद्ध पतिलाइ दुइ दिन सम्म आफ्नो कोठामा समेत छिर्न दिइनन् । त्यसपछि उनी आफ्ना आमाबाबुकहाँ गएकी छन् ।
तर ती बृद्धले भने उनको बिबाह बैध रहेको छ । उनले उनीसंग बिबाह गर्नका लागि उनका बाबुलाइ १७,५०० डलर रकम तिरेका थिए । ती बालिकाका बाबु यमनी र आमा सउदी हुन् ।

ती बृद्धाले उनीकहाँ आइनन भने उनले दिएको उक्त रकम उनका बाबुले फिर्ता गर्नु पर्ने बताएका छन्, अन्यथा उनलाइ मुद्दा गर्ने बताएका छन् । यस बिबाहलाइ मानिसहरूले निकै आलोचना गरेका छन् । ट्विटरका माध्यमबाट मानिसहरूले ती बालिकालाइ त्यति धेरै बृद्धलाइ सुम्पेकोमा उनका बाबु आमाको निकै कडा शब्दमा निन्दा गरेका छन् ।


सउदी राष्ट्रीय मानवाधिकार संघकी सदस्य सुहैला जीन अल-आबेदीनले अधिकारीहरूसंग ती बालिकालाइ यस त्रासदीबाट बचाउनका लागी यथासम्भव हस्तक्षेप गर्न अनुरोध गरेको छ ।

(एजेन्सी)

No comments:

Post a Comment