Wednesday, January 2, 2013

२०१२ मा चर्चा कमाएका सेक्स सम्बन्धी जानकारी


२०१२ मा चर्चा कमाएका सेक्स सम्बन्धी जानकारी
विश्वमा दिनदिनै विभिन्न विषयमा अध्ययन अनुसन्धान भइरहन्छन् । केही अध्ययन तथा सर्भेक्षणभने निकै रोचक, घोचक र ज्ञानबर्धक हुन्छन् । केही भने फगत मनोरञ्जनका लागि मात्र कामयावी हुन्छन् । यो वर्ष सन् २०१२ विभिन्न कारणले चर्चा रह्यो । यहीँ चर्चाको बीचमा यो वर्ष केही त्यस्ता सेक्स सम्बन्धीका अध्ययन भए जसले झनै चर्चा थपिदियो । यो वर्ष चर्चा कमाएका सेक्स निम्न छन् :

फ्रान्समा भएको एक अध्ययनले कसिला अन्तरवस्त्र लगाउने पुरुषहरु नपुंशक बन्ने खतरा रहेको देखाएको छ । २६ हजार मानिसमा गरिएको अध्ययन अनुसार कसिला पेन्टी लगाउने पुरुषमा शुक्राणुको गुणस्तर
घट्छ जसले नपुंशकताको खतरा बढाउँछ ।

भारतमा गरिएको एक अध्ययनले किशोरावस्थामै सेक्सको स्वाद लिने मामिलामा केटा भन्दा केटी धेरै अघि रहेको देखाएको छ । मेट्रो तथा मझौला सहरहरुमा गरिएको अध्ययनले सहरिया केटीहरुमा शर्म भन्ने कुरा लगभग सकिइसकेको छ । विवाह सम्म कुमारी रहने केटीहरुको अनुपात कुमार केटाहरुको तुलनामा निकै कम रहेको अध्ययनले देखायो ।

अस्ट्रेलियामा गरिएको एक अर्को अध्ययनले साइज नमिल्ने तथा बढी कसिलो ब्रा लगाउँदा महिलाहरुमा स्वासप्र स्वासको समस्या मात्र होइन पिठ्यूँ दुख्ने, अपच तथा स्तन क्यान्सरको समस्या समेत उत्पन्न हुन्छ । अमेरिकामा गरिएको अध्ययनले समलिंगी विवाहको समर्थन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सन् २००८ मा ३९ प्रतिशतले यस्तो विवाहको समर्थन गर्ने गरेकोमा अहिले त्यो संख्या ४९ प्रतिशत पुगेको छ ।

बेलायतमा गरिएको एक अध्ययन अनुसार सुत्ने कोठामा बैजनी रंगका सामान प्रयोग गर्ने मानिसहरु बढि कामुक हुन्छन् । बेडरुममा बैजनी रंगका कपडा तथा भित्तामा समेत बैजनी रंग लगाउने जोडीले हप्तामा औषतमा ३ देखि ५ पटकसम्म सम्भोग गर्छन् भने खैरो रंग पोत्नेहरुले औषतमा हप्तामा जम्मा २ पटक मात्र सम्भोग गर्छन् ।

अमेरिकामा गरिएको अर्को अध्ययनले ३४ प्रतिशत पुरुषले आफ्नो पार्टनरलाई जिवनमा एक भन्दा धेरै पटक धोका दिएका छन् । साथै यस अध्ययनले ३४ प्रतिशत अमेरिकी पुरुषले सेक्सका बेला कण्डम प्रयोग गर्न नचाहने समेत देखाएको छ ।

नेदरल्याण्डमा गरिएको अध्ययन अनुसार सेक्सले मानिसलाई बढि बुद्धिमान बनाउँछ । सेक्सका दौरान निस्कने हर्मोनले मानसिक दक्षता बढाउँछ जसबाट मानिसले चुनौतिपूर्ण काम गर्न सक्षम हुन्छ । फ्रान्समा गरिएको अध्ययनले त्यहाँका पुरुषमा शुक्रकिटको स्तरमा उच्च रुपले गिरावट हुँदै गएको छ । फ्रान्सेली पुरुषको विर्यमा शुक्रकिटको संख्या तिब्र दरले घटेको अध्ययनको निष्कर्ष छ ।

 न्यूजिल्याण्डमा गरिएको एक अध्ययन अनुसार पुरुषको पहिलो रोजाइ सेक्स हो भने दोश्रो रक्सी हो । अमेरिकामा गरिएको अर्को अध्ययनले पोर्नस्टार महिलाहरुको पारिवारिक जिवन निकै सम्मानित हुन्छ । उनीहरुमा कुनै मानसिक हिनताबोध तथा लज्जाबोध हुँदैन ।

No comments:

Post a Comment